Logo
Logo

प्रदेश नामाकरण विवाद : स्व लिम्बुका दोषीमाथि कारबाही नगरेसम्म शव जिम्मा नलिने


693
Shares

काठमाडौं । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट तेह्रथुमका पदम लिम्बु (लाजेहाङ) मृत्यु भएपछि यसको प्रतिक्रियामा पहिचान पक्षधरहरुले आन्दोलनलाई तीब्र बनाएका छन् ।

शुक्रबारमात्र कोशी प्रदेशको १४ वटै जिल्ला र काठमाडौंको माइतीघरमा विरोध सभा गरेर घटनाको शसक्त विरोध गरेका छन् । विरोध सभामा बोल्ने अधिकाँश वक्ताहरुले घटनाको निन्दा गर्दै स्वर्गीय लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले राज्यको दमन विरुद्ध निरन्तर अगि बढ्ने र माग पुरा नगरेसम्म आन्दोलन अगि बढिरहने बताए । यसैगरी किरात याक्थुम चुम्लुङका महासचिव निरन्ति तुम्बापोले शान्तीपुर्वक गरेको आन्दोलनमा राज्यले प्रहरी दमन गरेर अमानविय व्यवहार गरेको र आदिवासी आन्दोलनका एक योद्धा गुमाउन परेकोमा राज्य जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले सरकारले मृतक लिम्बुलाई सहिद घोषणा र परिवारलाई माफी नमागेसम्म शव नलिने बताए ।

शुक्रबार मात्र प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले स्व. लिम्बुलाई राज्यले सहिद घोषणा नगरेसम्म र दोषीमाथि कारबाही नभएसम्म स्व. लिम्बुको शव जिम्मा नलिने निर्णय गरेको छ । स्व. लिम्बु धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । गत चैत ५ गतेको विरोध सभाका क्रममा प्रहरीको लाठी लागेर घाइते भएका थिए ।

आज प्रर्दशनकारीका अगुवाहरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । प्रधानमनत्री प्रचण्डको आह्वानमा उक्त घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्