Logo
Logo

नेताहरु खेलाडी जस्तै इमान्दार बन्नुपर्छ : प्रभु साह


819
Shares

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश विकासका लागि खेलाडि जस्तै नेताहरु पनि ईमान्दार बन्नुपर्ने बताएका छन् । शनिबार कटहरिया प्रिमियर लिग (क्रिकेट टुर्नामेण्ट-२०७९ सिजन १ को उद्दघाटन गर्दै उनले यस्तो बताए ।

‘अहिले नेपाल सङ्कटग्रस्त अवस्थामा छ । देश विकासको लागि खेलाडि जस्तै ईमान्दार नेताहरुलाई पनि हुनुपर्छ’, उनले भने ।

पत्रकार र जनप्रतिनिधिबीच एक आपसमा खेल्दा कटहरीया गौरवको विषय बनेको भन्दै उनले युवाको खेलकुद आवश्यक रहेको बताए । ‘हामी सुन्छौं नेता र पत्रकारबीच मेल हुँदैन । तर आज कटहरिया क्रिकेट खेल मैदानमा खेल हुँदा गौरव महसुस भएको छ । युवा वर्गको लागि खेल जरुरी छ । शरीर स्वास्थ्य बन्नको लागि अथवा स्माट बन्नको लागि क्रिकेट खेल अतिनै उपयोगी हो’ सांसद साहले भने ।

‘रौतहट जिल्लामा पहिला सदर मुकाम गौरमा कर्मचारी र जनप्रतिनिधिबीच क्रिकेट खेल हुन्थ्यो । तर अहिले कटहरियामा जनप्रतिनिधि र पत्रकारबीचको क्रिकेट खेल हुँदा कटहरिया बासीको लागी र यस क्षेत्रको गर्वको विषय भएको छ । यो खेल प्रदेश र स्थानीय तहले गराउनुपर्नेमा उनीहरुले नगराउँदा कटहरीयाको सानो टिमले यो क्रिकेट खेलाउँदा अतिनै सहार्निय कार्य गरेको छ’, उनले भने ।

यस्तै, उद्घाटन कार्यक्रमका आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह, स्थाई कमिटी सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साह, देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्