Logo
Logo

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह



काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजी) मा नवनियुक्त बसन्तबहादुर कुँवरलाई आज (आइतबार) दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । चैत १० गतेको मनत्रीपरिषद बेठकले प्रहरी अतिरिक्त महानिरीक्षकबाट माहानिरिक्षकमा बढुवा गरेको कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज दर्ज्यानी चिन्ह लगाइदिन लागेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । उनले आइतबार नै प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हाले पनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नेछन् ।सरकारले कुँवरलाई शुक्रबार ५ प्रतिस्पर्धी एआईजीमध्येबाट आईजीमा बढुवा गरेको थियो । यसअघिका आईजी धिरजप्रताप सिंहले शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्