Logo
Logo

जनमतले तोक्यो मधेशका ६ जिल्ला इन्चार्ज, क-कसले पाए जिम्मेवारी ?


1.1k
Shares

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्रबार अध्यक्ष राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।

ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताए । पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।

त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्