Logo
Logo

आज बारा जाँदै उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव आज बारा जाने भएका छन् ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको छ । त्यस्तै भोलि चैत १३ गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ ।

सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।

आफ्नो निवासमा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्