Logo
Logo

राष्ट्रपतिद्वारा गोरखा दरबारको अवलोकन


819
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट गोरखा पुगेका थिए । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट पौडेल गोरखा दरबारको अवलोकन गर्न पुगेका हुन् ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् । उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन् । पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्