Logo
Logo

शिबनाथ पाण्डे सानिमा रिलायन्स लाइफको सिइओ नियुक्त


1.1k
Shares

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा शिबनाथ पाण्डे नियुक्त भएका छन् । कम्पनी संचालक समितिको निर्णय स्वीकृत गर्दै बीमा प्राधिकरणले पाण्डेलाई सिइओ बनाएको हो ।

सानिमा लाईफ र रिलायन्स लाइफ मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालेका छन् ।

पाण्डे यसअघि साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाले ।

पाण्डेले सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए ।

राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेर उनले अवकाश लिएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्