Logo
Logo

संसदमा दुर्गा राईको प्रश्न : पहिचान खोज्ने नेताहरु कहाँ लुकेर बसेका छन् ?


2.8k
Shares

काठमाडौं । सांसद दुर्गा राईले प्रदेशको नामाङ्कन गर्दा पहिचानको आधारमा हुनुपर्छ भन्ने दलका नेताहरु अहिले लुकेर बसेको टिप्पणी गरेकी छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले प्रदेश-१ को नाम कोशी राखेर पहिचान मेट्न खोजेको अरोप समेत लगाईन् ।

‘प्रदेश १ को नाम किन हतार-हतार खोलाको नाम राखियो ?, उनले प्रश्न गरिन्, ‘पहिचान त मानवको लागि थियो । खोलाले पहिचान मागेको थिएन । पहिचान पनि भेटिने शान्ति पनि मेटिने र बहुपहिचानको आधारमा नाम हुनुपर्छ भन्ने नेताहरुले अहिले कहाँ छन् ? खोज्नु जरुर छ । जनताले खोज्नेछन् ।’

सांसद राईले प्रदेश १ मा भाइरहेको पहिचान पक्षधहरुको आन्दोलनलाई सरकारले वार्तामार्फत समाधान गर्नुपर्ने बताईन् । आन्दोलनरत पक्षलाई वार्तामा बोलाई माग र मुद्धाको विषयमा पहल गर्न गर्न उनले सरकारको ध्यानाकर्षण गराईन् ।
‘समाजवाद उन्मुख भनेर संधिवानमा लेख्ने तर, गतिविधिहरु पछाडी फर्किने । यसरी समाजवादमा पुगिन्छ’, उनले भनिन् ।

पहिचानको आन्दोलन प्रदेश १ को सरकारले मात्र नभई यो मुद्धा केन्द्रीय सरकार र दलहरु जिन्मेवारीपूर्ण सोच्नुपर्ने उनको भनाई थियो ।

यस्तै उनले छानविन समिति गठन गरिए पनि यो राजनीतिक मुद्धा भएको हुनाले सचिवले निक्र्यौल गर्नु नसक्ने भन्दै बहालवाला मन्त्रिले गनुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्