Logo
Logo

हामीलाई जालझेल गरेर हटाइयो : ओली


756
Shares

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सपार्न आफूले प्रधानमन्त्री बनाएपनि सफल नभएको टिप्पणी गरेका छन् ।

फाइल फोटो

एमालेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आयत्बार अर्घाखाँची पुगेका ओलीले यस्तो टिप्प्णी गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन ।’

कम्युनिष्ट पार्टीलाई आफूलाई दुई तिहाइको अवस्थामा पुर्याएको भएपनि जोगाउन नसकेको समेत ओलीको भनाइ थियो । ‘हामीलाई अहिले हटाइयो जालझेल गरेर । आवश्यकता एकतिर थियो’ ओलीले भने, ‘तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मुल ढोकाबाट फेरि सिंहदरबार फकिन्छौं भन्ने मैले हामीलाई हटाउने बेलामा भनेको थिए ।’

ओलीले अहिले पनि प्रचण्ड प्रधानमन्त्री पद जोगाउनमै केन्द्रित रहेको समेत आरोप लगाए । उनले भने, ‘प्रचण्डलाई अहिले पनि प्रधानमन्त्री पद जोगाउनमै केन्द्रित देखिन्छन् । अहिले गठबन्धन पनि पदकै लागि बनेको पाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्