Logo
Logo

आफ्नो भ्रमणमा ‘सवारी’ शब्द प्रयोग नगर्न राष्ट्रपति पौडेलको आग्रह


1.7k
Shares

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सवारी’ शब्द उच्चारण नगर्न आग्रह गरेका छन् । राष्ट्रपति बनेपछि पहिलोपटक उपत्यकाबाहिर गोरखा पुगेका पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतिक भएको भन्दै आफ्नो भ्रमणमा ‘आवागमन’ शब्द प्रयोग गर्न अनुरोध गरेका हुन् ।

आइचबार काठमाडौंबाट सेना हेलिकोप्टरमा गोरखास्थित गोखरनाथ र गोरखकाली मन्दिरको दर्शन गर्न गोरखा आएका उनले देशमा गणतन्त्र आइसकेको बताउँदै भने, ‘राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेको थिएँ । अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौँ । अवागमन शब्द प्रयोग गरे हुन्छ । सवारी आगन्तुक शब्द हो, फारसी शब्द हो । सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु ।’

राष्ट्रपति पौडेलले गोरखामा करिब दुई घण्टा विताएका थिए । त्यसक्रमा उनले ठूलो आँगन र गोरखा दरबारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए भने गोखरनाथ र गोरखकाली मन्दिरमा पूजाआजा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्