काठमाडौं । प्रदेश-१ को नाम कोशी राखेको विरोधमा भइरहेको पहिचान पक्षधरको आन्दोलनका कारण सामाजिक सद्भाव भड्किएको सत्तारुढ दलले आरोप लगाएको छ । उनीहरुले पहिचान पक्षधरको आन्दोलनलाई असंवैधानिक गतिविधि समेत भनेका छन् ।

प्रदेश १ का सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त प्रेस वक्तव्य जारी गर्दै नामाकरणका विषयलाई लिएर भइरहेको आन्दोलनलाई यस्तो आरोप लगाएका हुन् ।
‘प्रदेश सभाको नामकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रकृया माफृत त्यसको समाधान हुने नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘नामाकरणका विषयलाई लिएर भइरहेका समाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढङ्गबाट आफ्ना मत र मुद्धालाई स्थापित गर्न तथा सम्बाद, बार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न सरकार लगायत सम्बन्धित सबै पक्षलाई आर्दिक अपिल गर्दछौँ ।’
पहिचान पक्षधरहरुले कोशी नाम खारेज गरेर पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दैै आएका छन् ।
कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले १० चैतमा गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले धरपक्कड गर्दा पदमबहादुर लिम्बु ‘लाजेहाङ’को मृत्यु भएको थियो ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेजी, लाजेहाङलाई सहिद घोषणा, क्षतिपूर्ति र छानबिन गरी दोषिलाई कारबाही नभएसम्म लाजेहाङको शव समाधिष्ट (अन्त्यष्ठि) नगर्ने भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका छन् ।
यस्तो छ विज्ञप्ति












