Logo
Logo

तीन दिनभित्र सरकारले पूर्णता पाउँछ : पूर्णबहादुर खड्का


945
Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले तीन दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सबै दलहरुसँग संवाद गरिरहेको बताउँदै उनले भने, ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ । कहिले सबै दलका नेताहरु बस्नुहुन्छ । कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिँदा गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा संवाद गरिरहनुभएको छ । सम्भवतः २/३ दिन भित्रमा यसले पूर्णता पाउँछ ।’

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको समेत बताउँदै भने, ‘गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेमा टुंगो लागिसकेको छैन ।’

उनले कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री हुने भन्नेमा निर्णय गर्न बाँकी रहेको बताउँदै भने, ‘नेपाली काँग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । नेपाली काँग्रेसमात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागि हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबैकुरा छलफलको क्रममा छ ।’

प्रतिक्रिया दिनुहोस्