Logo
Logo

इजरायलका रक्षामन्त्री बर्खास्त



एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन् ।

देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतान्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री नेतान्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ। गालान्ट नेतान्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस्यसमेत हुन्।

गालान्टलाई बर्खास्त गरेपछि ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलको सुरक्षा आफ्नो जीवनको महत्वपूर्णं मिसन रहेको बताएका छन। नेतान्याहुको यस कदमविरुद्ध नागरिकहरू सडकमा उत्रिएका छन्।

आइतबार प्रधानमन्त्री नेतान्याहुको आवास वरपर ठूलो संख्यामा मानिसहरू उपस्थित भएर उनको कदमप्रति विरोध जनाएका थिए। प्रहरीले भिडलाई नियन्त्रण गर्न पानीका फोहोरा प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्