Logo
Logo

सलमान खानलाई ज्यान मार्ने धम्की दिने एक युवक पक्राउ



मुम्बई । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् । 

मुम्बइ प्रहरीको एक अपरेशनमार्फत इमेलमार्फत सलमानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो । 

मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन् । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष बुझाउने तयारी भइरहेको छ ।

सलमान खानलाई केही दिन अघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एक साता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फयानहरुलाई नभेटन पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्