Logo
Logo

संगै बसेर मदिरापान गरेका छोराद्धारा बाबुको हत्या


252
Shares

काठमाडौं । कपिलवस्तुमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीले आफ्नै बुवाको हत्या गरेका हुन् ।

बाबु ५५ वर्षीय नारायण केसीको हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । शनिबार बेलुका बाबुछोरा सँगै बसेर मदिरापान गर्नेक्रममा दुई जनाबीच बिवाद हुँदा जीवनले चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ ।

नारायणको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । जीवनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्