काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन् ।
बैठकमा समसामयिक राजनीतिक विषयसहित सरकार विस्तारबारे छलफल हुने बुझिएको छ ।











