Logo
Logo

तीन महिनामा भौतिक पूर्वधार तथा यातायातमन्त्रीको ३० काम (सूचीसहित)


2.9k
Shares

काठमाडौं । उपप्रधान, भौतिक पूर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तीन महिनाको अवधिमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । आज (सोमबार) विशेष पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेको ३० काम सार्वजनिक गरेका हुन् ।

मन्त्रालयको कामलाई गुणात्मक रुपमा अघि बढाउने काम गरिएको उनले बताए । सामूहिक निर्णय अभ्यासलाई बलियो बनाएर काम गरेको श्रेष्ठको दाबी छ । उनले भने– ‘काममा प्रगति भएको छ । आशा गर्ने ठाउँ छ । पूर्ण रुपमा सन्तुष्ट हनुपर्ने अवस्था छैन ।’

उनले मन्त्रालयलाई नीतिगत, योजनागत र कार्यगत विषयहरूमा प्राप्त हुने उचित सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता पनि गरे । उनले भने, ‘सरकारको प्राथमिकतालाई महत्त्वका साथ लागु गराउन सिंगो मन्त्रालयले आत्मसाथ गरेको अनुभूति गरेको छु। यसका बाबजुद देखा पर्ने कयौँ चुनौतीलाई परास्त गर्न सिङ्गो मन्त्रालय उत्तिकै कटिबद्ध रहेको विश्वास लिएको छु। मन्त्रालयलाई नीतिगत, योजनागत र कार्यगत विषयहरूमा यहाँहरूबाट प्राप्त हुने उचित सुझावलाई सदैव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

मन्त्री श्रेष्ठले सेवा प्रवाह, विकास तथा वितरणमा सुशासन कायम गरेर मात्रै समाजवादको आधार तयार गर्न सकिन्छ भन्ने दृष्टिकोणमा आधारित भई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरकारको यही प्राथमिकतामा केन्द्रित रहेको बताए । उनले मन्त्रालयको समग्र काम चार विषयको आलोकमा अगाडि बढेको स्पष्ट पारेका छन् ।

यस्ता छन् मन्त्री श्रेष्ठको तीन महिनामा ३० काम

प्रतिक्रिया दिनुहोस्