Logo
Logo

एकीकृत समाजवादीबाट वेदुराम, प्रकाश र धनबहादुर मन्त्री बन्ने चर्चा


28.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी उपाध्यक्ष वेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीबाट भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वाला र धनबहादुर बूढा  सरकारमा जानेछन् । भुसाल र ज्वाला मन्त्री बन्नेछन् भने बूढा राज्यमन्त्री बन्ने भएका छन् ।  

एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एक र अर्को एक मन्त्रालय पाउने भएको छ । 

अहिलेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी छ । श्रेष्ठलाई गृहमन्त्री बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिने स्रोतको दाबी छ । 

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउने अवस्था आए भानुभक्त जोशी मन्त्री बन्नेछन् । तर, मेटमणी चौधरी पुनः मन्त्री बन्ने चर्चा हुँदै आएको छ । त्यसैगरी राजेन्द्र पाण्डे समते मन्त्री बन्ने चर्चा छ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । तर, सत्ता गठबन्धनमा धेरै दलहरु आवद्ध भएकाले दाबी गरेअनुसार मन्त्रालय पाउने सम्भावना कम रहेको छ ।

यद्यपि, कसले कुन र कति मन्त्रालय पाउने भन्ने भोलि (मंगलबार) बस्ने सत्ता गठबन्धनको बैठकले तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्