Logo
Logo

मिटरब्याज पीडितको आन्दोलनमा महानगरको अवरोध


1.2k
Shares

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ ।

महोत्तरीबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमा उनीहरुलाई रोकेको हो ।

मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्ष बीच धकेलाधकेल भएको छ । त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन् ।

खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको थियो । तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ ।

प्रतिक्रिया दिनुहोस्