काठमाडौं । भोलि मंगलबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक चैत १६ गते बिहीबार ११ बजे बस्ने बताए ।
बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने छ ।
कांग्रेसले सरकारमा जाने नेताहरुको नाम लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने छ ।











