Logo
Logo

अमेरिकाको स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु



काठमाडौं । अमेरिकाको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाउँदा विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुलका तीन बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्डरहेको बीबीसीले जनाएको छ । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्