Logo
Logo

ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु



काठमाडौं । ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्