Logo
Logo

प्रधानमन्त्रीसँग भेट गराउन मिटरब्याज पीडितहरुको आग्रह



काठमाडौं । मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

मंगलबार बिहान धर्नाका कार्यक्रम स्थगन गर्नका लागि आग्रह गर्न टंगाल पुगेको गृह सचिव विनोदप्रकाश सिंहसँग मिटरब्याज पीडितले प्रधानमन्त्रीसँग भेटेर आफ्ना पीडा सुनाउन चाहेको बताएका हुन् । त्यसका लागि प्रधानमन्त्रीसँग भेट गर्ने वातावरण मिलाउन आग्रह गरिएको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए ।

पासवानका अनुसार पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको भन्दै सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका थिए । साथै उनीहरुले पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ता हुने शर्त पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्