Logo
Logo

एमालेमा बस्न नदिने प्रयास भइरहेकाे छ : भीम रावल



कैलाली । नेकपा एमाले नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनलेराष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको बताएका हुन् ।

उनले एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने र यदी एमालेमै बस्न नदिनेगरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ । राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले तर, यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्