Logo
Logo

मन्त्री छान्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै समाजवादी सचिवालयले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए । आज बिहान प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्