Logo
Logo

मिटरब्याज पीडितका समस्या तत्काल समाधान हुँदैन : गृह मन्त्रालय



काठमाडौं । सरकारले मिटरब्याजी पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने स्पष्ट पारेको छ ।

मंगलबार मिटरब्याजी पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थल पुगेका गृहसचिव विनोद सिंहले धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने बताएका हुन् ।

मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको उनले बताएका थिए । मिटरब्याज पीडितको समस्या लामो समयदेखिको समस्या भएकाले पीडितहरुले भनेजसरी क्षणमरमै समाधान हुन नसक्ने उनको भनाई थियो ।

मिटर ब्याज पीडितहरु १२ दिन हिडेर आइतबार काठमाडौं आइपुगेका छन् । उनीहरुले सोमबारदेखि प्रदर्शन सुरु गरेका छन् । सोही क्रममा उनीहरु आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्