Logo
Logo

मिटर ब्याज पीडितलाई भेट्दै प्रधानमन्त्री


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग भेट गर्ने तयारी गरेका छन् । तराइका विभिन्न जिल्लाका पीडितहरु बर्दिबासबाट ११ दिन पैदल हिडेर सोमबार काठमाडौं आइपुगेका छन् ।

सरकारले पििडतसँग बार्ता गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । मिटर ब्याज पीडितका मागका विषय वस्तु बुझ्न गठित टोलीले भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट गर्ने तयारी गरेका हुन् ।

वार्ता टोलीले भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय तय गरिने भएको छ । समितिमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता हटाउन संसद्‍मा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ ।‍​ आजै बस्ने मन्त्रिपरिषदको बैठकले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्