Logo
Logo

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबीच सम्झौता


378
Shares

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रा.ली.बीच संस्थागत परामर्श सेवा अन्तर्गत रोडम्याप फर आइपिवो सम्झौतामा हस्ताक्षर भएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गाना र नेशनल बायोटेक प्रा.ली.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत एनआइबिएल एस क्यापिटलले नेशनल बायोटेक प्रा.लीलाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्ने छ ।

जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ ।

सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्