Logo
Logo

मिटरब्याज पीडितको आन्दोलनमा एकीकृत समाजवादीको ऐक्यबद्धता


4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

आज (मंगलबार) बसेको सचिवालय बैठकले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूको समस्याका समाधान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाकाले जानकारी दिए ।

मिटरब्याज पीडितहरूले आफ्नो समस्या समाधान गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लगायतका माग राख्दै संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

मधेश प्रदेशबाट पैदल यात्रा गरेर आएका मिटरब्याज पीडितहरूको हिजो (सोमबार) खुलामञ्चमा प्रदर्शन गरेका थिए । उनीहरूले आज बिहानैदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।  

उनीहरूको समस्या बुझ्न सरकारले वार्ता टोली गठन गरिसको छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।

टोलीमा मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्