Logo
Logo

एकीकृत समाजवादीले भागबन्डा मिलेपछि मन्त्री छान्ने


6k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेपछि मात्र नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।

सरकारमा सहभागिता र मन्त्रीबारे निर्णय गर्न बिहान बसेको सचिवालय बैठकले गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेपछि मात्र मन्त्रीबारे निर्णय गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने– ‘गठबन्धन दलबीच भागबन्डा नै मिलिसकेको छैन । यस्तो अवस्थामा फलाना–फलाना मन्त्री भनेर हुँदैन । हामीले पाउने संख्या र मन्त्रालयको प्रकृति हेरेर मन्त्रीबारे निर्णय गर्ने छौं ।’

आज अपरान्ह ४ बजे गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । उक्त बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने भनिएको छ । बालुवाटार बैठकमा सहमति जुटेपछि अर्को बैठक बसेर एकीकृत समाजवादीले मन्त्रीबारे निर्णय गर्ने छ ।

एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गर्दै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री साझेदार दलले पाइसकेकाले आफूले शक्तिशाली मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीले दाबी गर्दै आएको छ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय पाए उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने लगभग पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्