Logo
Logo

अशोक राई मन्त्री बन्ने पक्का


8.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । नेता राई मन्त्री बन्ने पक्का भइसकेको छ ।

सत्ता गठबन्धनका एक घटक जसपाले दुई मन्त्रालय पाउने भएको छ । यस्तै, मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा लगभग सहमति जुटिसकेको श्रोतको भनाई छ ।

पार्टीले मन्त्री छान्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । स्रोतका अनुसार जसपाले सहरी विकास र शिक्षा मन्त्रालय दाबी गरिरहेको छ ।

ती नेताका अनुसार अध्यक्ष यादव बारा–२ बाट चुनाव लड्ने तयारी गरिरहेका छन् । यहाँ वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्