Logo
Logo

मन्त्रालय बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक जारी


5.4k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय बाँडफाँटबारे टुंगो लगाउन बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने र कुन–कुन मन्त्रालय पाउने भन्ने छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग संयुक्त र एक्लाएक्लै भेटवार्ता गर्दै आएपनि सहमति भने अझै जुट्न सकेको छैन ।

नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन् । गृह मन्त्रालय आफैंसँग राखेर कांग्रेसलाई अर्थसहित मन्त्रालय माओवादीको तयारी छ ।

साथै बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । पहिले नै तयार गरिएको न्यूनतम साझा कार्यक्रमलाई परिमार्जन गर्न लागिएको हो ।

बैठकमा मन्त्रालय भागबन्डा मिलेमा भोलिसम्म मन्त्रिपरिषद बिस्तार हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्