Logo
Logo

गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन् ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार उक्त मस्यौदामा बुधबार बस्ने बैठकमा छलफल हुने छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकको भनाई छ । उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्