Logo
Logo

बलिउडमा पनि राजनीति ?



एजेन्सी । चर्चित अभिनेत्री प्रियंका चोपडाले फिल्म क्षेत्रको राजनीतिका कारण आफूले बलिउड छाडेको बताएकी छन् ।

डेक्स सेफर्डको पोडकास्टमा फ्यानलाई सम्बोधन गर्दै उनले फिल्म इन्डस्ट्रीमा राजनीति बढेका कारण आफूले बलिउड छाड्नुपरेको बताएकी हुन् ।

बलिउडमा पाइरहेको कामले खुसी नमिलेको स्मरण गर्दै प्रियंकाले त्यतिबेला बलिउडबाट निस्कने कुनै बाटो खोजिरहेको पनि बताएकी छन् । यस्तो अवस्थामा संगीतको माध्यमबाट विश्वभर यात्राको मौका मिलेको पनि बताएकी छन् ।

‘बलिउडमा मैले काम पाइरहेको थिएँ । तर म खुसी थिइनँ । मलाई इन्डस्ट्रीले एक कुनामा धकेलिरहेको महसुस भइरहेको थियो । त्यसैले म बलिउडको राजनीतिबाट थाकिसकेको थिएँ । र ब्रेक लिन चाहन्थेँ,’ उनले भनिन्, ‘त्यसैबेला मलाई देसी हिट्सकी अञ्जली आचार्यले अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहन्छौ भनेर सोधिन् । म त्यतिबेला बलिउडबाट भाग्ने अवसरको खोजीमा थिएँ ।’

सन् २०१२ मा उनले ‘इन माइ सिटी’ बाट आफ्नो सांगीतिक करियर सुरु गरेकी थिइन । साथै, सन् २०१५ को टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत हलिउडमा पाइला राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्