Logo
Logo

पशुपति मन्दिर परिसरमा प्लाष्टिक निषेध


378
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषलेपशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । कोषले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै पशुपति क्षेत्रमा प्लाष्टिक लैजान रोक लागएको हो ।

प्लास्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको कोषले जनाएको छ । ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ ।’, कोषले भनेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ । यो अभियान तीन महिनासम्म निरन्तर चल्नेछ । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चल्ने यस अभियानमा सहभागी हुन समेत कोषले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्