Logo
Logo

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ३ बजे पुनः बस्ने


1.4k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । मन्त्रालय भागबण्डाका विषय टुंगो लगाउन बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे पुनः बस्नेगरि सकिएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषदलाई टुंगो लगाउने तयारी गरेका छन् ।

गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३-३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहिन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्