
काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ५ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।











