
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग आग्रह गरेका छन् ।
आज बिहान विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग शीतल निवासमा भएको भेटको क्रममा राष्ट्रपति पौडेलले राष्ट्रको सर्वोच्च हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका हुन् ।
वाणिज्यदूतहरूका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत आफूहरूले प्रभावकारी ढंगले काम गर्दै आएको बताए ।
उनीहरूले राष्ट्रपतिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।











