
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
सत्ता गठबन्धनमा दलहरुबीच मन्त्रालयमा भागबण्डामा सहमति नजुटेपछि प्रधानमन्त्री प्रचण्डले दुई चरणमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालय भागबण्डामा छलफल जारी रहेकाले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ थियो । यसैबीच नेकपा एकीकृत समाजवादीलाई प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म एक जना मन्त्रीको नाम दिन भनेका छन् ।











