Logo
Logo

महासंघमा ढकालको उम्मेदवार उमेश


1.4k
Shares

काठमाडौं । यही चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफ्नो टिम घोषणा गरेका छन् ।

यसअगाडि बरिष्ठ उपाध्यक्षका दावेदार अञ्जन श्रेष्ठले आफनो टिम घोषणा गरेका थिए । उमेशलाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिने भएका छन् भने वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएट उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् । महासंघको भावी अध्यक्ष चन्द्र ढकालको उमेश समूहलाई समर्थन प्रष्ट देखिएको छ ।

हुन त विगतको वर्ष उमेशलाल श्रेष्ठलाई बरिष्ठ उपाध्यक्ष बनाउने सहमतिअनुरुप भावी अध्यक्ष ढकालले श्रेष्ठलाई समर्थन गर्न बाध्य भएपनि ढकालको खाश उम्मेदवार रामचन्द्र सांघाई भएको व्यापारीहरु बताउँछन् ।

महासंघ स्रोतका अनुसार बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये सबैभन्दा कमजोर उमेशलाल श्रेष्ठ हुन् । ढकालले उमेशलाललाई समर्थन गरेपनि बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र रामचन्द्र साँंघाईबीच कडा प्रतिस्पर्धा हुनेछ ।

महासंघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष निर्वाचित हुन ५० प्रतिशत मत ल्याउनुपर्छ । यदि तीनजनामध्ये कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन् भने दोस्रो राउण्डको निर्वाचनमा सबैभन्दा कम मत ल्याउने उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिने छ र दुई जनाबीच प्रतिस्पर्धा हुन्छ । ती दुई जनामध्ये अञ्जन श्रेष्ठ र राचन्द्र सांघाई एकजना बरिष्ठ उपाध्यक्ष बन्नेछन् ।

चन्द्र ढकालले बाहिरीरुपमा उमेहलाल र भित्रिरुपमा सांघाईलाई समर्थन जनाएपछि एकथरी व्यापारीहरु ढकालसँग रुष्ट छन् । भावी अध्यक्षका रुपमा ढकाल तठस्थ बस्नुपर्ने ति व्यापारीहरुको भनाइ छ । अर्कोथरी, व्यापारीहरु महासंघको शाख जोगाउन बरिष्ठ उपाध्यक्षलगायत उपाध्यक्षहरु सर्वसम्मत हुनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्