Logo
Logo

‘तीनजना मन्त्रीको नाम दिन तयार भएर बसेका छौँ’


3.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तीनवटा मन्त्रालय नछाड्ने अडान कायमै राखेको छ । आज (बुधबार) सचिवालय बैठकपछि पार्टीको निर्णय सुनाउँदै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दाबी तीनवटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको जानकारी दिए । 

उनले तीनवटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्तालयको पनि टुंगो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताए । उनले भने, ‘हामीले तीन वटा मन्त्रालय दाबी गरेको हिजो पनि प्रस्ट पारेकै थियौँ । आज पनि त्यो दाबी कायमै छ । तीनवटा मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालयको पनि टुंगो लागिनसकेको हुनाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसिरहेका छौँ । कुनै पनि बेला निर्णय गर्ने गरी हामी तयार भएर बसिरहेका छौँ ।’

प्रधानमन्त्रीलाई तीन मन्त्रीको नाम दिन भनेर पार्टी तयार भएर बसेको उनले बताए । एकजना आजै मन्त्री हुने कुरा छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने– ‘हामी एक होइन तीन नाम दिन तयार भएको बसेका छौँ । एकको अहिले चर्चा नै भएको छैन । उहाँहरूले हामीलाई तीनवटा मन्त्रालय नदिएसम्म हाम्रो पार्टीबाट मन्त्री बुन्नेहरूको नाम बाहिर आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्