
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गर्ने भएको छ ।
साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका आज बिहिवार सार्वजनिक गर्ने तयारी गरिएको बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।
उनका अनुसार आज बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ ।
साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले जानकारी दिए ।











