Logo
Logo

गठबन्धन बैठक छाडेर चितवन उडे प्रधानमन्त्री, २ बजे पुन: बैठक बस्ने


2.3k
Shares

काठमाडौं । सत्तारुढ गठबनधनको बैठक आज पनि निष्कर्षविहीन भएको छ । मन्त्रालय भागबण्डाका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जानुपर्ने भएकोले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा विस्तृत छलफल गर्न नपाइएको बैठकमा सअभाभगी नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ गठबन्धन बैठक छाडेर चितवन गएका छन् । विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् ।

उनी दिउँसो एक बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे फेरि बस्ने गरि सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले केही मन्त्रालयको टुंगो लाग्न बाँकी रहेकोले दिउँसो बैठक बसेर टुंग्याइने बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपपरिषद विस्तार गर्ने र नयाँ मन्त्रीहरुको शपथ आजै गराउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्