
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । मन्त्री र मन्त्रालयको विषयमा टुङ्गो लगाउन जसपाले १२ः३० बजे सिंहदवारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।
जसपा नेपालको भागमा दुईटा मन्त्रालय परेको छ । तर जसपाले तीनवटा दाबी गरेको छ । तीनवटा नभए दुईटा मन्त्रालय र एउटा राज्यमन्त्री दिनुपर्ने जसपाको माग छ ।











