Logo
Logo

फिलिपिन्समा पानी जहाजमा आगो लाग्दा १२ जनाको मृत्यु



एजेन्सी । गए राति दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लाग्दा १४ जना घाइते भएका छन् भने ७ जना अझै हराइरहेका छन् ।

जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेको बताएका छन् ।

पानीजहाजका यात्रीको नाम सूचीमा दुई सय पाँच जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन् ।

१२ जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले ६ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई उपचाका लागि जाम्बोआङ्गा र बासिलान पु¥याइएको छ ।

तट रक्षकले सार्वजनिक गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ ।

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भिडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुने गरेका छन्

प्रतिक्रिया दिनुहोस्