Logo
Logo

अमेरिकी सेनाको दुई हेलिकोप्टर दुर्घटना



एजेन्सी । अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटनामा परेका छन् । बुधबार राति केन्टकी राज्यमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको हो ।

सेनाका प्रवक्ता नोन्डिस थर्मनले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटना भएको पुष्टि गरेका छन् । उनले सो दुर्घटनामा हेलिकप्टरमा रहेका चालक दलका सदस्यको अवस्था अज्ञात रहेको बताएका छन् ।

उनले दुर्घटनाको पूर्ण जानकारी नआइसकेकाले दुर्घटनामा के–कति मानवीय क्षति भयो भन्नेबारे यकिन विवरण नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्