Logo
Logo

यस्तो छ ओलीको संक्रमणकालीन न्याय टुंग्याउने चार सूत्र


1.2k
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय टुंग्याउन चार सूत्र अपनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष ओलीले संक्रमणकालीन न्याय टुंग्याउने सूत्रबारे बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अन्तर्राष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा, दोस्रो हाम्रो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा, तेस्रो दण्डहीनता भयो होइन, दण्डहीनताको अन्त्य गरिएको छ भन्नेगरी पीडितले परिपूरण पाउने गरी सुत्र अपनाउनुुपर्छ ।’ उनले सरकारले फास्ट ट्र्याकका नाममा पीडितलाई न्याय नदिने गरी कानुन अघि बढाउन खोजेको समेत आरोप लगाए ।

अध्यक्ष ओलीले बलजफ्ती सहमति भयो भनेर दबाएर र राज्यसत्ताको दुरुपयोग गर्न नमिल्ने बताउँदै भने, ‘फास्ट ट्र्याक किन रु १८ वर्ष बित्यो । एक महिनाभित्र हुन्छ भने दुई दिनमा छलफल नै गर्न नदिई जोडजाडको बहुमत छ भनेर मजाक गर्न पाउनुहुन्छ नेपाली जनतासँग ?’

आोलीले संसद जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल नगरी चल्न खोजे विरोध गरिने पनि बताए । ओलीले भने, ‘संक्रमणकालीन न्यायलाई ठगी खाने भाँडो बनाउन हुँदैन । समस्याको समाधान गर्दै पीडितले न्याय पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्