काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं आइपुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान चितवन गएका थिए । बालुवाटारमा कुन दलले कुन मन्त्रालय लिने भन्नेमा सत्ता गठबन्धन दलहरूबीच छलफल चलिरहेकै बेला उनी चितवन गएका थिए ।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन गएका हुन् । उनी केहीसमय अघि चितवनबाट काठमाडौं आइपुगेका हुन् ।
प्रधानमन्त्री चितवनबाट आइपुगेपछि बालुवाटारमा सत्ता गठबन्धका नेताहरू जम्मा हुन थालेका छन् । अब, बैठक बसेर कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्ने स्रोतले जानकारी दियो ।
हिजो ९बुधबार० बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई ८‚ नेकपा माओवादी केन्द्रलाई ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई २÷२ मन्त्रालय दिने सहमति भएपनि औपचारिक निर्णय भने भइसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।











