काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते सार्वजनिक विदा दिइए क्यालेण्डरबाटै हटाउने चेतावनी दिएका छन् । फागुुन १ गते हिंसा दिवस भएको टिप्पणी गर्दै उनले त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिन नह्ने बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘वार्षिक क्यालेण्डरमा फाग्न १ गते सार्वजनिक बिदाका रुपमा राखिएको जानकारी आएको छ । यदि विदा दिइएमा क्यालेण्डरबाटै हटाउने छौँ ।’ उनले माओवादी घटकहरुले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको बताए ।
साथे, अध्यक्ष ओलीले मिटरब्याज कारोबारीलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए । सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताउँदै उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ ।’
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताउँदै ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए ।











