Logo
Logo

इन्डोनेसियामा निर्वस्त्र तस्वीर खिच्ने रुसी पर्यटकलाई देश निकाला



काठमाडौं । इन्डोनेसियाको एक पर्वतमा निर्वस्त्र तस्वीर खिच्दा एक रुसी पर्यटक देश निकालामा परेका छन् । बालीस्थित धार्मिकस्थल अगुङ पर्वतमा निर्वस्त्र भएर फोटो खिचेपछि उनलाई इन्डोनेसियाले स्वदेश फर्काइदिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हालै मात्र उनले पवित्र पर्वतमा आफ्नो सुरुवाल गोलीगाँठासम्म झारेर तस्वीर खिचेका थिए । सो तस्वीरकै आधारमा उनलाई इन्डोनेसियाबाट लखेटिएको हो ।

युरी नाम गरेका ती व्यक्तिले इन्डोनेसियाली नागरिकको चित्त दुखाएको भन्दै आफ्नो गलत कार्यप्रति क्षमायाचना गरेका छन् । यद्यपि उनलाई छ महिनासम्म इन्डोनेसिया प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्